बालेनले कटाए २५ हजार मत: : स्थापित र सिर्जना धेरै पछि

डिसी नेपाल
६ जेठ २०७९ ७:४७
1.3k
Shares

काठमाडाैं। काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले २५ हजार ४ सय २७ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन्।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । ६५ हजार बढी मतगणना हुँदा बालेनले अग्रता दोब्बर बनाएका हुन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले सात हजार ८६८ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.