विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै, उपमेयरमा एमाले अगाडि
विराटनगर। विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ। उनले ६ हजार १४८ मतले अग्रता लिइरहेका छन्।
जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव नेकपा (एमाले)की उम्मेदवार शिल्पानिराला कार्कीभन्दा नौ हजार २७९ मतले पछाडि रहेका छन्।
पछिल्लो मत परिणामअनुसार महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २४ हजार ५६३, एमालेका सागर थापाले १८ हजार ४१५, स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ४९७ र राप्रपाका प्रल्हादप्रसाद साहले चार हजार ६०२ मत प्राप्त गरेका छन्।
यसैगरी उपप्रमुखमा एमालेकी कार्कीले २१ हजार ३८३, जनता समाजवादी पार्टी, नेपालका यादवले १२ हजार १०४, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले पाँच हजार ५८६ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले चार हजार ४५८ मत प्राप्त गरेका छन्।
विराटनगर महानगरपालिकाका–१, ३, ४ र १४ को वडाध्यक्षमा एमाले र वडा नं ५ को वडाध्यक्षमा कांग्रेस विजयी भएको छ । महानगरको वडा नं ६, ८, ९, १०, ११ र १२ को मतगणना भइरहेको छ।







डिसी नेपाल







Facebook Comment