भरतपुर महानगरमा ५९७२५ मत गणना हुँदा रेणु ३ हजार २०५ मतान्तरले अगाडि
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले आफ्नो अग्रतालाई निरन्तर कायम गरिरहेकी छिन् । ५९७२५ मत गणना हुँदा रेणुले २२५९८ मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १९३९३ मतसहित रेणुलाई पछयाइरहेका छन् । सुवेदी भन्दा रेणु ३२०५ मतान्तरले अग्रता लिइरहेकी छिन् ।स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले ८३७९ मत ल्याएका छन् ।
यस्तै उपमेयर तर्फ गठबन्धनका चित्रसेन अधिकारीले २४८५४ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले १५३०१ मत ल्याएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment