ब्यास नगरपालिकाः कांग्रेसलाई गोविन्दराज जोशीको छोराको चुनौती

डिसी नेपाल
८ जेठ २०७९ ११:२९
1.1k
Shares

काठमाडौं। तनहुँको ब्यास नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार बैकुण्ठ नाथ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच कडा प्रतिस्पर्धा भएको छ।हाल न्यौपाने ९,८२२ मतका साथ अग्रस्थानमा छन्।

न्यौपानेलाई पछ्याइरहेका जोशीले ९,६०६ मत ल्याएका छन्।स्वतन्त्र उम्मेदवार जोशी कांग्रेसबाट कारबाहीमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्।जोशीलाई नेकपा एमालेको समर्थन रहेको छ।न्यौपाने भने कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता रहेकाले यो पालिकालाई पौडेल र जोशीको राजनीतिक प्रतिष्ठासँग जोडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.