बिशाल सोनी र शान्तारानी परियारको नयाँ गीत स्याउली बजार चर्चामा
काठमाडौं। पछिल्लो समय चर्चामा रहेका गायक बिशाल सोनी र शान्तारानी परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ।
बिशाल र शान्तारानी दुबैजना चर्चामा आएको धेरैसमय भएको छैन। यद्यपी उनीहरुको सांगितीक क्षेत्रको संघर्ष दशक बढी छ। बिशालको नेपाली सांगितीक क्षेत्रमा दशक माथीको अनुभव छ।
उनलाई ७ महिना अघिको ‘मकै बारी दर्याम दर्याम’ गीतले चर्चामा ल्याइदियो। यस्तै गायिका शान्तारानी परियारलाई १ बर्ष अघिको ‘मत ढले ढले’ गीतले चर्चामा ल्याइदियो। यि दुबै गायक र गायिकालाई दर्शकले पछिल्लो समय निकै रुचाइरहेका छन्।
अहिले भर्खर ‘तानातान हानाहान स्याउलि बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ। बिशाल र शान्तारानीको स्वर रहेको यो गीतको हुकलाइन पनि बिशालकै छ। शब्द भने अर्का लोकप्रिय गीतकार नेत्र अर्यालको छ। गीतमा नन्दु परियारले संगीत दिएका छन्। एरेन्ज एचबिएन किस्मतको छ।
गीतको भिडियोको कुरा गर्दा रमाइलो बनाइएको छ। साथै नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले नाचेका छन्। उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छिन्।
मोडल कोमलले यसअघि केहि म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। यसअघिको अनुभवले पनि अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले बताएकी छिन्। साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुसी ब्यक्ति गरेकी छिन्।
भिडियोमा गायक बिशालले पनि मोडलिङ गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment