मेयर नबन्दै पाेखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट

डिसी नेपाल
१० जेठ २०७९ १४:४३
948
Shares

पाेखरा। एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए। ती वडा आइपुग्नुअघि केही मतले मात्र धनराज आचार्यले अग्रता लिएका थिए। सबैकाे ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्याेलका बीच गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य आइतबार काठमाडाैं गए । पाेखराका प्रमुख याेजनाहरू संघीय सरकारलाई बुझाए । विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनकाे माग छ । निर्माणाधीन पाेखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलाे सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेकेा ल्यान्डफिल सार्ने याेजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलाे चासाे दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेकाे आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्यान्डफिल हाे । याे सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´

उनले पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन् तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´ पाेखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनकाे अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.