रेलमार्गको अध्ययन अघि बढाइने

डिसी नेपाल
१० जेठ २०७९ २०:१६
76
Shares

काठमाडौं । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, रसुवागढी–काठमाडौँ रेलमार्ग, वीरगञ्ज–काठमाडौँ लगायतका रेलमार्गको अध्ययन अघि बढाउने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्वतयारी गरिने बताइन्। रसुवागढी–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययन अघि बढाइने तथा वीरगञ्ज–काठमाडौँ रेलमार्गको अध्ययन अघि बढाइने सरकारको योजना उनले बताइन् । नीति तथा कार्यक्रमका अनुसार काठमाडौँ उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने छ ।

नेपालका नदी प्रणालीमा आन्तरिक जल यातायात सम्भाव्यता पहिचान तथा विकास गरिने र सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन वातावरणमैत्री बृहत् बस परिवहन प्रणालीलाई प्रोत्साहन गरिने तथा केबुलकार र रोपवोको निर्माण र सञ्चालन थप प्रोत्साहित गरिने नीतिमा उल्लेख छ । सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाट सरलरुपमा शीघ्र वितरणको व्यवस्था मिलाउने सरकारको योजना छ । विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गो रेल सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.