ललितपुर महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

डिसी नेपाल
१० जेठ २०७९ २२:३५
120
Shares

ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्। महानगरको मतगणनास्थलबाट प्राप्त तथ्यांक अनुसार महर्जनले १२ हजार ९४३ मतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण व्याञ्जनकारलाई पराजित गरेका छन्।उनले ४२ हजार ९२९ मत प्राप्त गरे। व्याञ्जनकारले २९ हजार ९८६ मत प्राप्त गरेका छन्।

यसैगरी, उपप्रमुखमा एमालेकी मञ्जली शाक्य २४ हजार ५५२ मतसहित विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यलाई पराजित गरेका छन्। बज्राचार्यले १७ हजार ५८८ मत प्राप्त गरे। ललितपुर महानगर प्रमुखमा यसअघि २०७४ सालमासमेत कांग्रेसका महर्जन निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.