काठमाडौँ–२१ मा एमालेका बज्राचार्य विजयी
काठमाडाैं। काठमाडौँ महानगरपालिका–२१ को वडाध्यक्षमा नेकपा (एमाले) का उदय चुडामणि बज्राचार्य निर्वाचित भएका छन्। सो वडामा चार सदस्यहरु पनि एमालेकै विजयी भएका छन्।
सो वडामा महिला सदस्यमा ज्ञानु डङ्गोल महर्जन, दलित महिला सदस्यमा रीना नेपाली, वडा सदस्यमा न्हुच्छेदेवी महर्जन र श्याम शाक्य विजयी भए।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना जारी छ। कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मत गणना भइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment