सेनाको जलउद्धार प्रदर्शनी
rtjg, !# h]7M
g]kfnL ;]gfn] lakb Joj:yfkg cGtu{t cEof; hnp4f/ # sf] k|bz{gLsf qmddf z'qmaf/ gf/fo0fL gbL lsgf/df p4f/ pks/0fsf] lgl/If0f ug'{x'Fb} lakb Joj:yfkg lgb]{zgfnosf lgb]{zs ;xfos /ly od k|;fb 9sfn .
tl:a/M gf/fo0f clwsf/L, /f;;
चितवन । नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो ।
नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थितिमा प्रदर्शनी गरिएको हो । सो अवसरमा विपद् व्यवस्थापन गण र राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयमा भएका तालिम खोज तथा उद्धार कार्यको दौरान खटिदा सिकेका पाठ तथा नेपाली सेनासँग उपलब्ध स्रोत एवं साधन व्यवस्थापन क्षमतामा आधारित प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीका क्रममा नारायणी नदीमा पल्टिएको डुङ्गाका यात्रुको शकुशल उद्धार गरी देखाइएको थियो । उद्धारमा उपयोग हुने महत्वपूर्ण आधुनीक उपकरणहरुका बारेमा जानकारी गराइएको थियो । उद्धारमा सहभागीहरुलाई निर्देशन दिँदै ढकालले नेपाल भौगोलिक हिसाबले सम्वेदनशील भएकाले जुनसुकै बेला जहाँ कही विपद् पर्न सक्ने भन्दै सिकेको सीपलाई उपयोग गर्न तयारी अवस्थामा रहनुपर्ने बताए । नेपाली सेनामाथि आमनागरिकको विश्वास रहेको भन्दै उनले विपद्मा साथ दिनका लागि तालिमबाट अधिकतम सीप लिएर कार्यक्षेत्रमा खटिन निर्देशन दिए । विपद् व्यवस्थापन गण नम्बर २ विपद् व्यवस्थापन गण, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, कालिबहादुर गण र सिंहनाथ गण कमाण्डोद्वारा संयुक्त रुपमा प्रदर्शनी गरिएको हो ।
नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत काठमाडौँमा रहेको गणले पूर्व र चितवनमा रहेको २ नम्बर गणले पश्चिममा विपद्मा उद्धारमा खट्ने गर्दछ । नेपाली सेना सबै खालका विपद्का समयमा उद्धारमा जुट्ने गरेको छ ।







डिसी नेपाल








Facebook Comment