घाँसामा रहेको सेनाको टोली पैदलै ‘लोकेट’ गर्न जाँदै, हेलिकप्टर पोखरा र जोमसोममा अड्किए

डिसी नेपाल
१५ जेठ २०७९ १३:१४
208
Shares

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको घाँसा नजिकै दुर्घटना भएको भन्ने स्थानीयको खबरको आधारमा घाँसामै रहेको नेपाली सेनाको टोली पैदल नै दुर्घटना आशंका गरिएको क्षेत्रमा गइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले घाँसामा रहेको टोली मुभ भइसकेको बताए । ‘हामीले हेलिकप्टरबाट सम्भावित ठाउँमा पुग्ने प्रयास गरेका थियौं तर खराब मौसमका कारण यसो गर्न सम्भव भएन’ उनले भने ‘हेलिकप्टरबाट सम्भव नभएपछि हामीले घाँसामा रहेको हाम्रो पोस्टबाट एउटा टोलीलाई घटनास्थल लोकेट गर्नका लागि पठाएका छौं । टोली मुभ भइसकेको छ ।

सिलवालका अनुसार नेपाली सेनाले आफ्नो एमआइ १६ हेलिकप्टर सम्भावित घटनास्थलको निरीक्षणका लागि पठाएको थियो । तर, खराब मौसमका कारण यो विमान पोखरामा रोकिएको छ । यस्तै फिस्टेल एयरको अर्को हेलिकप्टर पनि परिचालन गरिएको थियो । यो हेलिकप्टर पनि खराब मौसमका कारण जोमसोममै अड्किएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.