विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे
पोखरा। नेपाली सेना र नेपाल प्रहरीकाे टाेली तारा एयरको विमान दुर्घटनास्थल पुगेकाे छ। आइतबार सम्पर्कविहीन भएकाे विमान सोमबार बिहान मुस्ताङकाे थासाङ गाउँपालिका-२ मा भेटिएको थियाे।
स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ। जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन्।
सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए। हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए। सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment