कैलालीमा श्रीमतीको घाँटी रेटिएको र श्रीमान झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । कैलालीमा श्रीमतीको घाँटी रेटिएको र श्रीमान झुण्डिएको अवस्थामा दम्पतीको शव भेटिएको छ । कैलालीको गोदावरी नगरपालिकामा दम्पती नै मृत अवस्थामा फेला परेका हुन् ।
श्रीमतीको शव घरभित्र र श्रीमानको शव घरबाहिर भेटइएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाको वडा नम्बर ७ मा ६५ वर्षीय हेमबहादुर ऐरको घरबाहिर र उनकी श्रीमती ५५ वर्षीया पद्मा ऐरको शव उनीहरुकै घरभित्र भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा एउटा खुकरी फेला परेको छ । दुवै जनाको शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment