भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण गर्न सकेन

डिसी नेपाल
१८ जेठ २०७९ १२:३९
1.2k
Shares

काठमाडाैं। काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो ।

बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.