कुमारी हलमा माओवादी केन्द्रका जनप्रतिनिधिको प्रशिक्षण भेला
काठमाडौं। कमलपोखरीस्थित कुमारी हलमा माओवादी केन्द्रले नयाँ जनप्रतिनिधिका लागि प्रशिक्षण भेला राखेको छ। बुधबार बिहानदेखि सुरु भएको प्रशिक्षणमा अहिले पार्टीका नेताहरूले प्रशिक्षण दिइरहेका छन्।
प्रशिक्षण भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, दीनानाथ शर्मा, लीलामणि पोखरेललगायतका शीर्ष नेता उपस्थित छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएर आएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिन लागेको हो। पार्टी अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठले नननिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन्।
यसपटकको निर्वाचनमा माओवादीले एक सय २१ स्थानीय तहमा प्रमुख जितेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment