‘दवाबका कारण पाइटलहरु जोखिमपूर्ण उडान भर्न बाध्य हुन्छन्’

डिसी नेपाल
१८ जेठ २०७९ १४:२१
264
Shares

काठमाडौं। मौसम खराव भएको थाहा हुँदाहुँदै विमान कम्पनी र यात्रुहरुको दबावका कारण पाइटलहरु विमान उडाउन बाध्य हुने गरेको एक वरिष्ठ पाइलटले बताएका छन्। विमान कम्पनीले खराब मौसममा पनि विमान उडाउन दबाव दिँदै धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ।

उनले नेपालमा भएका ९९ प्रतिशत जहाज दुर्घटना खराब मौसमका कारण भएको बताए। नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘अहिलेसम्म नेपालमा जतिपनि हवाइ दुर्घटना भएको छ। ती ९९ प्रतिशत खराब मौसमकै कारण भएका हुन्।’

खराब मौसममा जहाज उडाउन कतिपय अवस्थामा विमान कम्पनी र यात्रुहरुले समेत दबाव दिने गरेको उनले बताए। उनले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटलाई खराब मौसममा उडान भर्नु हुँदैन भनेर शिक्षा दिन नसकेका कारण पनि धेरै दुर्घटना भएको बताए।

कतिपय अवस्थमा खराब मौसममा पनि पाइलटलाई बाध्य पारेर उडान भर्न लगाइने गरेको उनले बताए। त्यसका पछाडि विमान कम्पनी र कतिपय अवस्थामा यात्रुको दबावले पनि काम गरेको उनको भनाइ छ।

पूरै विमान पाइटलको अधिनमा हुने भएकाले दुर्घटनापछिको सम्पूर्ण दोष पाइलटमाथि आउने गरेको भन्दै उनले तर खराब मौसममा जहाज उडाउनु हुँदैन भनेर सम्बन्धित निकायले ध्यान दिन नसकेको बताए।

‘विमान कम्पनीको नीतिले पनि काम गरेको हुन्छ। र खराब मौसममा जहाज उडाउँदा नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ध्यान दिन नसक्दा दुर्घटना हुने जोखिम बढ्दो छ,’ उनले भने।

जहाज राडारबाट हराएको चार–पाँच मिनेट भइसक्दासमेत ‘रेस्पोन्स’ नगरेका प्रतिवेदन सार्वजनिक भएको भन्दै उनले त्यसका लागि रिपिटर टावर वा क्यामरा जडान गर्नेतिर सम्बन्धित निकायको ध्यान नभएको उनको भनाइ छ।

अधिकांश छानवीन समितिले दुर्घटनाको दोष पाइलटलाई दिने गरेको पाइन्छ। तर सम्बन्धित निकायले सुधार गर्नु पक्षमा ध्यान नदिँदा नेपालमा धेरै हवाइ दुर्घटना हुने गरेका छन्। आइतबार मात्रै तारा एयरको जहाज दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.