नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१९ जेठ २०७९ १४:२७
92
Shares

सुर्खेत। नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा मुद्दा दायर गरेको छ।

संस्थाका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

सुर्खेतको तत्कालीन गढी, लेखगाउँ, कुनाथरी गाउँ विकास समितिमा सिस नेपाल संस्थाले दिगो आयआर्जन व्यावसायिक अदुवा खेतीका लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भर्पाइ बनाई रकम भुक्तानी लिएको थियो।

राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग सिस नेपाल, सुर्खेतले मिति २७ चैत २०७३ मा गरेको सम्झौताबाट अनुदान लिई अदुवा खेती प्रवर्द्धन गर्ने भनेर सिस नेपालका तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरेको दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.