काम खोज्दै दिल्ली पुगेर त्यहीँ हराएका नेपाली युवाले २७ वर्षपछि परिवार भेटे
काठमाडौं । जीवनमा यस्ता थोरै अवसरहरू हुन्छन् जब मानिसले सुख र दु:ख सँगै महसुस गर्छ। नेपालको कृष्णको जीवनमा शुक्रबार यो अवसर आयो । २७ वर्षअघि कृष्ण नेपालबाट कामको खोजीमा साथीसँग दिल्ली आएका थिए, तर ती साथी कतै हराए र कृष्ण यताउता हिँड्दै दादरीको कोटगाउँ पुगे ।
कृष्णलाई पालनपोषण गर्ने दादरीका सञ्जय भन्छन्, ‘पहिलो पटक खेतको छेउमा रोएको भेट्यौं। त्यतिबेला उनको स्वास्थ्य निकै खराब थियो । उनलाई लिएर अस्पताल गएँ, त्यहाँ उपचार गराएँ र कृष्णलाई अभिभावकको बारेमा सोधेँ । त्यतिबेला कुन्नी किन हो कृष्णले आफ्नो कोही नभएको भन्दै हामीलाई नै आमाबुवा माने बताए । त्यसपछि उनी हाम्रो परिवारको हिस्सा भए ।’ परिवारले उनको नाम रवि राखे ।
कृष्ण उर्फ रवि छोडेर जाँदा कृष्णसँगै सञ्जयको परिवार पनि धेरै रोए । सञ्जय भन्छन्, ‘केही वर्ष पहिले केही मानिसहरू आएर कृष्णलाई आफ्नो छोरा भनेका थिए, हामीले सोधपुछ गर्यौं, तर उनीहरूले दिएको जानकारीमा शंका लाग्यो । कृष्णले पनि ती मानिसहरूलाई चिन्न अस्वीकार गरे।’ यसैबीच, सञ्जयको परिवारले लकडाउन हुँदा केही दिनका लागि कृष्णलाई परिवारसँग बागपतमा छोडे, तर उनीहरूलाई थाहा भयो कि बागपतको परिवारले कृष्णलाई मजदुरको रूपमा काम गर्न लगाइरहेको छ। यसपछि सञ्जयको परिवारले फेरि कृष्णलाई उनीहरूकहाँ ल्याए ।
बागपतमा बस्ने एक व्यक्तिले भारतीय परिवारसँग दादरीमा एक नेपाली युवा रहेको नेपाली दूतावासलाई जानकारी दिए । यो जानकारी पाएलगत्तै दूतावासका मानिसहरू दादरीस्थित सञ्जयको परिवारकहाँ पुगेर बालकको बारेमा सोधपुछ गरे । दूतावासको पहलपछि मात्र नेपालस्थित कृष्णको परिवारसँग सम्पर्क हुन सक्यो । यसपटक परिवार आएपछि कृष्णले आमालाई चिने ।
कृष्ण रविबाट फेरि कृष्ण बन्न लागेका थिए। नेपाल जाँदा कृष्ण र हुर्काउने परिवारका आँखा रसाए । बिदाइ गर्दा कृष्ण परिवारका पुराना सदस्यलाई अँगालो हालेर रोए । सम्पूर्ण परिवारका आँखा रसाए र यो दृश्य देखेर सबै भावुक भए । तर, प्रहरीले फेरि कृष्णलाई बुझायो कि अब तिम्रो एक होइन दुई परिवार छ ।







डिसी नेपाल








Facebook Comment