स्वतन्त्र पत्रकार संघको अध्यक्षमा पुनः बास्तोला चयन

डिसी नेपाल
२१ जेठ २०७९ २१:४८
80
Shares

नवलपरासी । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुन कृष्ण प्रसाद बास्तोला निर्वाचित भएका छन् ।

संघको नवलपरासीमा आज सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।

संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघ जन्मिएको थियो ।

नवलपरासीको मोलाकालिका मन्दिर परिसरमा सम्पन्न अधिवेशनका देशभरका पत्रकारहरू सहभागी थिए । अधिवेशनको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.