सप्तरीमा करेन्ट लागेर महिलाको मृत्यु

डिसी नेपाल
२२ जेठ २०७९ १९:२५
256
Shares

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ४ कठौना आइतबार करेन्ट लागेर एक महिलाको आइतबार मृत्यु भएको छ ।

पंखा चलाउन मल्टिप्लकमा ज्याक लगाउने क्रममा ३० वर्षीया नजिरा खातुनको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते खातुनको स्थानीय स्वास्थ्य संस्थामा उपचार क्रममा मृत्यु भएको प्रहरीले प्रहरीले जानकारी दिएका छन् ।

मृतक खातुनको शव पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.