कास्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
सांकेतिक तस्बिर
कास्की। कास्कीको पोखरा महानगरपालिका-२७ अर्घोचोकमा हिजो बेलुकी बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तनँहुको घिरिङ गाँउपालिका-१ घर भई हाल अर्घोचोक बस्ने अन्दाजी ६५ बर्षीय राजी भनेर चिनिने ईमराज लामिछाने रहेका छन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको पोखरा स्थित पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा राती सवा ९ बजे मृत्यु भएको हो।
पोखराबाट तनँहु तर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले हिजो बेलुकी पौने ९ बजे पैदलयात्री लामिछानेलाई ठक्कर दिएको थियो। बस चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment