माछापुच्छ्रे बैंकद्वारा विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा वृक्षारोपण

डिसी नेपाल
२३ जेठ २०७९ १२:२२
36
Shares

काठमाडौँ। माछापुच्छ्रे बैंकले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७९ जेठ २२ गते चन्द्रागिरि नगरपालिका वडा नं.०३ स्थित सेती देवी,दुमाल डाँडा,जेसिज वनमा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरम सँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.