स्रोत नखुलेको साढे सात लाख नगदसहित एक जना पक्राउ

डिसी नेपाल
२३ जेठ २०७९ १३:४३
200
Shares

सर्लाही। ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.