सप्तरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

डिसी नेपाल
२४ जेठ २०७९ १०:२९
60
Shares

सप्तरी। सप्तरीको खडक नगरपालिका–५ रंजितपुरमा हिजो बेलुकी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का अन्दाजी ६७ बर्षीय राम नारायण चौधरी रहेका छन्।

चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे ना६ख ६३९९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको हो। दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.