काठमाडौंको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छः गगन थापा

डिसी नेपाल
२५ जेठ २०७९ १२:३०
252
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन्।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंवासीलाई आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.