जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

डिसी नेपाल
२७ जेठ २०७९ १२:३३
88
Shares

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाही रहेका छन्।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलीकप्टरद्धारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ। घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ।

लुहादहबाट शिवपुरीतर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको जिप आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.