अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

डिसी नेपाल
२७ जेठ २०७९ १४:५६
268
Shares

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वान्टस्थित सडकबाट ४ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–२ बस्ने २२ वर्षीय श्रवण सुनार, भारत घर भएका २२ वर्षीय राहुल शाही, २१ वर्षीय बब्बु घोसी लगायत ४ जना छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

श्रवणले चलाई ल्याएको भे.६ प ९७७३ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गरेको थियो।

जाँच गर्ने क्रममा स्कुटरमा सवार राहुलले लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

साथै थप सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त पदार्थ बब्बु घोसी लगायत दुई जनाको भनि खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.