लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे

डिसी नेपाल
२८ जेठ २०७९ १७:१२
144
Shares
लमजुङ ।मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् ।

मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.