समुन्द्रको तटमा भेटियो नेपालीको शव

डिसी नेपाल
२८ जेठ २०७९ १९:४५
356
Shares

इटाली। करिब दुइ महिनाअघि देखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी–१२ का सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ। उनी अप्रिल १५ देखि सम्पर्क बिहिन थिए ।प्रहरीले बिहिबारमात्रै शवको पहिचान गरी एनआरएनए पोर्चुगललाइ खबर गरेको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । सिलवाल रोजगारीको सिलसिलामा करिब ७ बर्ष अघि पोर्चुगल गएका थिए।

सिलवाल परिवारको सम्पर्कमा नआएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलले पोर्चुगलभरि खोजीकार्य सुरु गरेको थियो ।सिलवाल हराएको झण्डै दुई महिनापछि ९ जुनका दिन पोर्चुगल प्रहरीले एनआरएनए पोर्चुगल अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो ।

सिलवाल हराएपछि प्रहरीमा परिवारको आग्रहमा एनआरएनए पोर्चुगलले प्रहरीमा खबर गरी खोजीकार्य तीब्र बनाइ एनआरएनए पोर्चुगलको अगुवाईमा पोर्चुगलभर सिलवालको खोजीकार्यका लागि फोटोसहितको पम्प्लेट र सूचना टाँसेर अभियान चलाइएको थियो ।

संघका अध्यक्ष रबिन अधिकारीका अनुसार सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह गरेका कारण मंगलबार सबै कागजात र आवश्यक प्रक्रिया पुरा गरि शव बुझेर नेपाल पठाउनेबारे जानकारी गराइने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.