रसुवा जिल्ला समन्वय समितिमा घिमिरे निर्वाचित

डिसी नेपाल
२८ जेठ २०७९ २२:१२
64
Shares

रसुवा । स्थानीय तहअन्तर्गत रसुवा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार अशोककुमार घिमिरे तथा उपप्रमुखमा एमालेकै उमेदवार विजय लामा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्ला समन्वय समितिको सदस्य पदमा एमालेका उम्मेदवार खुवाप्रसाद पौडेल, कामीछिरिङ तामाङ, देशीरानी तामाङ तथा नेपाली कांग्रेसका उम्मेदवार तारकोत लामा, सविता गुरूङ, खीलबहादुर न्यौपाने र पार्वती विक सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र कांग्रेसका उम्मेदवारको मतपरिमाण बराबर आएकाले गोला प्रथाबाट अन्तिम परिमाण घोषणा गरिएको बताइएको छ । स्थानीय तहका सबै पदको निर्वाचन कार्य आजदेखि सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.