एमसीसी फिर्ता लैजाउ भन्ने वामदेव किन पुगे अमेरिका?

डिसी नेपाल
२९ जेठ २०७९ ७:२४
256
Shares

काठमाडौं। नेकपा बिभाजन भएसँगै कतै नखुलेका वामदेव गौतम यहीँ मंगलबार अमेरिकाबाट नेपाल फर्किएका छन्। राष्ट्रिय सभाका सांसदसमेत रहेका गौतम जेठ ८ गते अमेरिका गएका थिए। उनी यही मंगलबार २४ गते नेपाल फर्किएका हुन्।

पछिल्लो समय राजनीतिमा फुर्सदिलो देखिएका गौतम करिब एक महिना अगाडि अमेरिका पुगका गौतमको भ्रमणलाई विशुद्ध पारिवारिक भ्रमण बताइएको छ।
उनी एमसीसी विरोधी नेताको रुपमा चिनिन्छन्।

बारम्बार विज्ञप्तिमार्फत एमसीसी फिर्ता लैजाउ भनेर अमेरिकालाई आग्रह गर्ने गौतमको अमेरिका भ्रमणलाई कतिपयले शंकाको दृष्टिले समेत हेरिरहेका छन्। उनको अमेरिकाको भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्णरुपले लिइएको छ।

पारिवारिक सा्रेतले भने गौतमको अमेरिका भ्रमणलाई निजी भ्रमण भएको जनाएको छ। तर उनको लामो समयसम्मको अमेरिका बसाईलाई राजनीतिक भ्रमणको रुपमा समेत कतिपयले लिएका छन्। गौतमको अमेरिका भ्रमण विशुद्ध व्यक्तिगत र पारिवारिक भ्रमण भएको उनी निकट स्रोतले जनाएको छ।

लामो समयदेखि गौतम निकट रहेका अखिल नेपाल किसान महासंघका अध्यक्ष बालाराम बास्कोटा गौतमको अमेरिका भ्रमण नितान्त पारिवारिक भएको बताउँछन्।

‘उहाँका छोरी ज्वाँइ उतै भएकाले जानु भएको हो। यो विशुद्ध पारिवारिक भ्रमण मात्रै हो, त्यस बाहेक अरु केही होइन्,’ उनले डिसी नेपालसँग भने।
गौतमका स्वकीय सचिव दिपक टमाटा पनि गौतमको अमेरिका भ्रमण पारिवारिक भएको बताँछन्।

‘आफन्तलाई भेट्न मात्रै जनुभएको हो, अरु त्यस्तो केही छैन। विशुद्ध पारिवारिक भ्रमण बाहेक अरु केही होइन,’ टमटाले डिसी नेपालसँग भने।
राजनीतिक सक्रियताको बिषयमा गौतम छलफलमै रहेको र निकट समयमै सक्रियता बढ्ने उनको दाबी छ।

राजनीतिकरुपमा कतै नखुलेका गौतम पछिल्लो समय गुमनाम जस्तै भएका थिए। तर स्थानीय निकायको निर्वाचनमा एकीकृत समाजवादीको चुनावी प्रचार गीत सिर्जना गरेका उनलाई कतिपयले त्यतै खुलेको चर्चा समेत गरेका थिए।

गौतम एकीकृत समाजवादीमै आउने बास्कोटा दाबी गर्छन्। पछिल्लो समय उहाँसँग छलफल गर्दा अब एकीकृत समाजवादी मै खुल्ने उहाँको आशय देखिन्छ, एकीकृत समाजवादीमा आउने पक्कापक्की जस्तै भएको छ’, उनले भने।

केही समय अगाडि गौतमले नयाँ पार्टी खोल्ने समेत चर्चा चलेको थियो । तर पछिल्लो समय नेकपा बिभाजन भएदेखि राजनीतिकरुपमा कतै नदेखिएका गौतम अब भने बिस्तारै सक्रियता बढाँउन थालेका छन्। उनको पछिल्लो अमेरिका भ्रमणलाई यसैकै उपज भएको कतिपयले बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.