धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

डिसी नेपाल
२९ जेठ २०७९ १९:४१
236
Shares

धादिङ । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-१ कार्किडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो ।

बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.