बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु

डिसी नेपाल
२९ जेठ २०७९ २०:४०
256
Shares

काठमाडौं । काठमाडौंको बौद्धमा शौचालयमा लडेर एक महिलाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको हो । शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.