झापामा अज्ञात रोगले बङ्गुर मर्न थाले

डिसी नेपाल
३० जेठ २०७९ ११:१७
92
Shares

झापा।अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन्।एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् ।

स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् । उनले भने“बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । ”

ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक छदेखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उहाँलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ ।

“हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे”, उनले भने , “पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।” बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ ।

विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.