सार्वजनिक बिदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

डिसी नेपाल
६ असार २०७९ २१:४५
172
Shares

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.