कञ्चनपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

डिसी नेपाल
८ असार २०७९ १२:२६
104
Shares

कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो।

जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो। बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.