पाँच किलो लागुऔषध हेरोइनसहित विदेशी नागरिक पक्राउ
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका क्षेत्रमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार किलो ९०० ग्राम अवैध लागुऔषध हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा ताञ्जानियाका नागरिक ३० वर्षीय अब्दुल्लाह अबुलिकीसहित चार जना रहेका छन् । अबुलिकीको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाइराखेको उक्त हेरोइनसहित काठमाडौँको बौद्धस्थित होटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौँ आएको खुलेको छ । साथै उक्त लागुऔषध लिन आएका भारत हरियाणा घर भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँका ४३ वर्षीय विक्रमजित सिंह र पर्सा ३० वर्षीय बिक्की रौनियारलाई समेत प्रहरीले पक्राउ ब्युरोले आज एक सूचना जारी गरी जनाएको छ ।







डिसी नेपाल








Facebook Comment