१४ वर्षीय किशोरीलाई यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ
काठमाडौं । ताप्लेजुङमा एक १४ वर्षीय किशोरीलाई केही होटल सञ्चालकले यौन गतिविधिमा संलग्न गराएको आरोपमा ६ जना पक्राउ परेका छन् । किशोरीलाई होटल सञ्चालकहरु मिलेर पालैपालो यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीले अनुसन्धानको क्रममा मंगलबार र बुधबार गरी तीन जना सञ्चालक र तीन जना ग्राहकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेकाहरुविरुद्ध मुद्दा दर्ता प्रक्रिया पनि सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी कैलाश राईले बताए ।
उनका अनुसार परेका मध्येका तीन जनालाई जबरजस्ती करणी (बलात्कार), दुई जनालाई शरीर बन्धक तथा मानव ओसारपसार र एक जनालाई मतियारको रुपमा मुद्धा दायर गरिएको छ । राईका अनुसार बालिकाले प्रहरीलाई दिएको सुरुवाती बयानअनुसार सेवाग्राहीबाट लिएको आधा रकम होटल सञ्चालकले राख्ने र आधा उनलाई दिने गरेको थियो ।
सामान्यतया एक ग्राहकबाट दुई हजारसम्म लिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ पर्नेमा होटलका सेवाग्राही ६२ वर्षीय पुरुष पनि रहेको प्रहरीले जनाएको छ । ती किशोरीलाई अन्य होटल सञ्चालकहरुले पनि यौनजन्य गतिविधिमा संलग्न गराएको उजुरी परेका कारण पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment