कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

डिसी नेपाल
१६ असार २०७९ १८:१८
20
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते बस्नेगरी बैठक बोलाइएको बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने बताए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ ।

मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल हुने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.