बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प

डिसी नेपाल
१८ असार २०७९ २१:५३
172
Shares

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौं गाउँमा विद्युत् सेवा ठप्प भएको छ । गाईघाटस्ति विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र छैन खानेपानी, छापाखाना, उद्योग व्यवसाय सबै तिरको दैनिक कामकाज प्रभावित बनेको छ । शनिवार पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको करिब १५ घण्टा वितिसक्दा पनि पुन पोल गाडेर बिजुली सेवा प्रवाह गर्नमा प्राधिकरणका कर्मचारीहरूको खासै चासो नदेखिएको त्रियुगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।

पोल ढलेर विद्युत् सेवा विच्छेद भएपछि त्रियुगा नगरपालिकाका वडा नम्बर १, २ र चोदण्डिगढी नगरपालिकाका वडा नम्बर ५, ९ र १० मा शनिवार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् प्राधिकरण गाईघाट शाखाका कर्मचारीहरूको गैर जिम्मेवार प्रवृत्तिका कारण आम उपभोक्ताले सास्ती खेप्नु परेको चौदण्डिगढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष धर्मराज खड्काले बताए ।

गाईघाटस्थित विद्युत् प्राधिकरणका निमित्त कार्यालय प्रमुख इन्जिनियर सत्यनारायण साहसँग सम्पर्क गर्दा धेरैतिर बाढीले क्षति पुर्‍याएकोले मर्मत सम्भार गर्दा गर्दे नभ्याई रहेको हुँदा त्यस क्षेत्रमा पनि काम भई रहेको जानकारी दिए । जोगिदहको धनगढी तिरको भने पोल ठड्याउन केही समय लाग्ने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.