बालबालिकाकाे शिक्षामा एनआरएनए जापान सहयाेग
काठमाडाैं। गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले साझा सहयात्री नेपाललाई आर्थिक सहयोग गरेको छ। शुक्रबार ललितपुरस्थित इमाडोलमा साझा सहयात्री नेपालको कार्यालयमा एनआरएनए जापानका सहल्लाहकार नरेन्द्र बस्नेतले सहयोग हस्तान्तरण गरे।
एनआरएनए जापानले महिला संयोजक कमला काप्रीको सम्योजकत्त्वमा संकलन गरेको ५८ हजार १ सय ८५ रुपैयाँ संस्थाकी अध्यक्ष गीता केसी दर्नाललाई हस्तान्तरण गरिएको हो।
साझा सहयात्री नेपालले यौन हिंसामा परेका बालिकाहरुको काउन्सिलिङ, स्वास्थ्य, सेफ हाउससहित उनीहरुको शिक्षादीक्षामा सहयोग गर्दै आइरहेको छ।
विभिन्न जिल्लाका ८ जना बालिकाहरुको शिक्षामा खर्च गर्नका लागि आफूहरुले सहयोग गरेको एनआरएनए जापानकी अध्यक्ष तथा सामाजिक अभियन्ता अनिता गुरुङले बताइन्।
सो समयमा एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेतले आफुहरुले बालिकाहरुको शैक्षिक क्षेत्रमा थोरै भए पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे। संस्थाले थोरै समयमा नै राम्रो काम सुरु गरेको भन्दै संस्थाले आगामी दिनमा अन्य थप क्षेत्रमा बालिकाहरुको लागि सक्रिय भूमिका निर्वाह गर्ने बताए।
आगामी दिनहरुमा पनि अवस्था हेरी संस्थागत रुपमा सेफ हाउसलाई सहयोग गरिने एन आर एन ए जापानकी प्रवक्ता सरिता ढकालले जानकारी दिइन्।







डिसी नेपाल








Facebook Comment