रामेछाप बस दुर्घटना : नौ जनाको मृत्यु, २३ घाइते

डिसी नेपाल
२१ असार २०७९ १२:४१
236
Shares

काठमाडौँ। रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको  । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिए।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिए। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ।

उनका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन। अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ। भिडियोमा हेर्नुहोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.