बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
२१ असार २०७९ १२:५७
280
Shares

काठमाडौं। काठमाडौंको बालाजुमा आज बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाईते भएका छन्।

मृत्यु हुनेमा काठमाडौंको लोलाङका २२ वर्षीय सविन परियार रहेका छन्। घाईते परियारको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो।

घाईते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ बर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ।

सोह्रखुट्टेबाट बालाजु तर्फ जाँदै गरेको बागमति प्रदेश ०२–०२३ प ३७७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलिको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.