पर्सामा घुससहित शहरी विकासका सव इञ्जिनियर पक्राउ

डिसी नेपाल
२१ असार २०७९ २२:१७
16
Shares

पर्सा । शहरी विकास तथा भवन कार्यालय पर्साका सव इञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले रु एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका–।१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो । सव डिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा रु १७ लाखको लागतमा निर्माण भएको तीनरतीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मुल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.