पत्रकार चौलागाईंलाई किरात राई खेलकुद संघको सम्मान

डिसी नेपाल
२२ असार २०७९ १९:२९

खोटाङ । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिले खोटाङका पत्रकार उत्तम चौलागाईंलाई सम्मान गरेको छ । किरात राई खेलकुद संघको दिक्तेलमा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन समापनको अवसरमा बुधबार पत्रकार चौलागाईंलाई नगद १५ हजार ५५५ राशिसहित सम्मान गरेको हो ।

दिक्तेलको माटिकोरे कबर्डहलमा तेक्वान्दो ग्राण्डमास्टर राष्ट्र राईले पत्रकार चौलागाईं नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

पत्रकारिताको माध्यमबाट जिल्लाको समग्र खेलकुद क्षेत्रको सुधार, विकास, बेथिति विरुद्ध एवं सुशासनको पक्षमा समाचार सम्प्रेषण गरेर पुर्‍याएको योगदानलाई प्रशंसा गर्दै सम्मान गरिएको किरात राई खेलकुद संघले जनाएको छ ।

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चौलागाईं कान्तिपुर टिभीमा आबद्ध छन् । दशकदेखि पत्रकारितामा आबद्ध चौलागाईं प्रभावन्यूज डटकमका अध्यक्ष छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *