श्रीमानबाटै सामाजिक सञ्जालमा चरित्रहत्या…

डिसी नेपाल
२८ असार २०७९ १९:३१
604
Shares

काठमाडौं । श्रीमतीको तस्बीर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लिल क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो ।

प्रहरीको साइबर ब्यूरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । यस्तै ब्यूरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बीर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ ।

यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन् । दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.