काठमाडौंका ६ वटा क्यासिनोमा प्रहरीको छापा

डिसी नेपाल
२९ असार २०७९ २२:२२
3.2k
Shares

काठमाडौं । नेपाल प्रहरीले पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा छापा मारेको छ । क्यासिनामा नेपालीहरु गएर जुवा खेलेको आशंकमा अहिले साँझ छापा मारेको हो ।

काठमाडौंमा रहेका ६ वटा क्यासिनोमा जिल्ला प्रहरी परिसर, काठमाडौंले छापा मारेको परिसर स्रोतले जनाएको छ । परिसर स्रोतका अनुसार वृत्तहरुले क्यासिनोलाई संरक्षण गरेको आशंका गर्दै होटल सोल्टीको क्यासिनो मजोङ, हायातको क्यासिनो प्राइड, छाँया सेन्टरको क्यासिनो वाल्डो, होटल मल्लको क्यासिनो बल्स, दरबारमार्गको क्यासिनो प्यालेस र होटल मेरियटको क्यासिनो डेल्टिनमा छापा हानेको हो ।

‘सम्बन्धित वृत्तलाई जानकारी नदिई परिसरबाट टोली गएको छ, सबै विवरण आइसकेको छैन’, परिसर स्रोतले भन्यो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.