कोरोनाले चीन फर्कन नपाएका एमबीबीएस विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने

डिसी नेपाल
८ साउन २०७९ १८:३७
156
Shares

काठमाडौं । कोभिड–१९ का कारण चीनबाट बिचैमा अध्ययन छोडेर नेपाल आएका १५० एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको सहमतिमा चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याचका विद्यार्थीलाई थप समय नेपालमै अध्ययन तथा इन्टर्नसिप गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति प्रदान गरेको पत्र पठाएको छ ।

यसको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार र चिकित्सा शिक्षा आयोग, सानोठिमी, भक्तपुरलाई समेत दिइएको छ ।

यी हुन् सहमति भएका बुँदाहरू

१. निजहरूलाई अपुग प्रयोगात्मक अभ्यास १ बर्ष तथा एक बर्ष इन्टर्नसीप गरी जम्मा दुइबर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२. १ बर्षे अनिवार्य इन्टर्नसीप ‘नेसनल गाइडलाइन फर मेडिकल इन्टर्नसिप ट्रेनिङ, २००७’ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पुरा गर्नुपर्ने । इन्टर्नसीप भन्दा पहिलेको १ बर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

३. चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरुको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधि बारे कुनै द्विविधाभए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने ।

४. अब उप्रान्त कोभिडसंग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.