नेपाल टेलिकममार्फत यसरी हेर्नुहोस् एसईईको नतिजा
काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाफल सहजै रुपमा नेपाल टेलिकममार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ। टेलिकमले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको हो।
एसईई परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार कल गरेर– नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई लेखेर एक स्थान छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने ।
कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेपश्चात् परीक्षाफल हेर्न सकिने कम्पनीले जनाएको छ।







डिसी नेपाल








Facebook Comment