उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि यतीको विमान पोखरामा आकस्मिक अवतरण
काठमाडौं। यती एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ। पोखराबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन विमानको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो।
उडेको केहीबेरमै विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो।
पोखराबाट ४५ जना यात्रु लिएर शुक्रबार बिहान ८ः५४ बजे काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको हो। उडेको ६ मिनेटमै विमानलाई अवतरण गराइएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment